विराटनगर । सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ ।
मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार राति ८ बजे ५८ वर्षको उमेरमा निधन भएको हो ।
लामो समय देखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ–६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको बताइएको छ ।
लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । लिम्बूका १ छोरा र १ छोरी छन् ।
मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो ।
Leave a Reply