काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवकको मृत्यु भएको छ ।
प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो ।
नेपाली कांग्रेस, प्युठानका उपसभापति तथा प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिए ।
हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो।
Leave a Reply