Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – वीर अस्पतालमा बिरामीले गुनासो गर्ने अवस्था आउनु भएन्

    प्रधानमन्त्री प्रचण्डले भने – वीर अस्पतालमा बिरामीले गुनासो गर्ने अवस्था आउनु भएन्

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 495
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा बिरामीले गुनासो गर्ने अवस्था आउन नहुने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठानका पदाधिकारीको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिए।



    उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए।

    प्रधानमन्त्री प्रचण्डले वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरे ।

    कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार