Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बूढानीलकण्ठबाट पक्राउ परेका बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा सुनुवाइ सुरु

    बूढानीलकण्ठबाट पक्राउ परेका बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा सुनुवाइ सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 855
    SHARES

    फाइल तस्विर

    सर्लाही । बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा सुनुवाइ सुरु भएको छ ।

    जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासमा बम्जनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो।



    हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो

    । बम्जनविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ।

    आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार