काठमाडौं । प्रहरीले नक्कली नोटसहित बालाजुबाट एक महिलालाई पक्राउ गरेको छ ।
बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपानेलाई पक्राउ गरेको हो।
उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Leave a Reply