Online Nepal
  • बुधबार, १० पुष २०८१
  • टीआरसी विधेयक आगामी अधिवेशनबाट पास हुन्छ : कानुनमन्त्री गुरुङ

    टीआरसी विधेयक आगामी अधिवेशनबाट पास हुन्छ : कानुनमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 624
    SHARES

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)आगामी अधिवेशनबाट पास हुने बताएका छन् ।

    संसदको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    कानुनमन्त्री गुरुङले अबका आठ–दश दिनसम्म शीर्ष नेताहरुसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुंगोमा पुर्याइने बताए । संक्रमकालीन न्यायको विषयलाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने भन्दै उनले सहमतिमै टुंगोमा पुग्ने बताए ।



    कानुनमन्त्री गुरुङले भने, ‘माननीय सदस्यहरुले भन्नु भएको छ लाज लाग्न थाल्यो । अब लाज लाग्ने अवस्था रहन्न कि जस्तो लाछ । सहमति नभएका विषयमा अझै सहमति खोज्ने नै हो फेरि पनि । यो सहमति हुन्न कि भन्ने होइन, आजको कुराले त सहमति हुन्छ भन्नेमा पुगें म ।’

    आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतले धारणा राखेका थिए ।

    बर्तौला र परियारले सहमति नभएका विषयलाई बहुमतबाट भए पनि टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार