Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माैसम अपडेट: अझै तीन दिन पानी पर्ने

    माैसम अपडेट: अझै तीन दिन पानी पर्ने

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन साउने झरी जारी रहने जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ रहेकाले अबको वर्षा नेपालको पश्चिममै बढी हुने महाशाखाले जनाएको छ । लगातारभन्दा पनि रोकिँदै पर्दै झरी पर्ने जनाइएको छ ।

    महाशाखाका अनुसार अझै केही दिन देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुनेछ । मनसुनी वायु सक्रिय रहेकाले वर्षाको अवधि बढेको छ ।



    देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि पश्चिमका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना औँल्याइएको छ । बुधबार, बिहीबार र शुक्रबारसम्म बदली र वर्षा हुने औँल्याइएको छ । आउँदो २४ घण्टा देशभर विभिन्न स्थानमा हल्कादेखि ठूलो वर्षा हुने महाशाखाले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार