Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालकुमारीमा मारिएका बीरेन्द्रको परिवारलाई कोरियाबाट ७ लाख ५७ हजार रुपैयाँ सहयोग

    बालकुमारीमा मारिएका बीरेन्द्रको परिवारलाई कोरियाबाट ७ लाख ५७ हजार रुपैयाँ सहयोग

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 3.7K
    SHARES

    कैलाली । ललितपुरको बालकुमारी घटनामा मारिएका चौरपाटी गाउँपालिका वडा नम्बर १ का बीरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीले सहयोग गरेका छन् ।

    कोरियाका नेपालीले संकलन गरेको सात लाख ५७ हजार रुपैयाँ आज एक कार्यक्रमकाबीच मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरिएको हो ।



    धनगढी उपमहानगरपालिका–१ बस्ने बीबी भनेर चिनिने भीमबहादुर सिंहले सिउडी शाह युवा समाज धनगढीको समन्वयमा प्रवासीहरुबाट सहयोग रकम संकलन गरेर पठाएका थिए ।



    बुधबार अछाम सेवा समितिले धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुरलाई सात लाख ५७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    एनआरएनको दक्षिण कोरियाका उपाध्यक्ष महेश बजगाई समेतले सो रकम संकलन गरि पठाएको सिउडी शाह युवा समाजका उपाध्यक्ष भूपेन्द्र शाहले जानकारी दिए ।

    यही पुस १३ गते कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग सहितको आन्दोलनका क्रममा प्रहरीसँगको धरपकडमा अछामका बीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार