Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बम्जनको घरबाट बरामद गरिएको तीन करोड रुपैयाँ र १४ थान मोबाइल सार्वजनिक

    बम्जनको घरबाट बरामद गरिएको तीन करोड रुपैयाँ र १४ थान मोबाइल सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार बिहान पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको हो ।



    पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका एसएसपी दिनेश आचार्यले बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको बताएका छन्।



    उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १४ थान मोबाइल समेत बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

    पक्राउ परेका बम्जनलाई आजै जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको एसएसपी आचार्यले बताए ।

    बम्जनविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ। आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार