Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भारतसँगका सम्झौताको विषयमा धेरै तनाव नलिनुस्

    प्रधानमन्त्री प्रचण्डले भने – भारतसँगका सम्झौताको विषयमा धेरै तनाव नलिनुस्

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 468
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सम्झौताको विषयमा धेरै तनाव नलिन सुझाव दिएका छन्।

    प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासलाई नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौताको बचाउ गरे।



    उनले सन् २००३ मा भारतसँग यस्तो सम्झौता भएदेखिको विकासक्रम उधिनेर सुनाएका थिए । उनले यसअघिका सबै सरकार यो सम्झौतामा संलग्न रहेको उदाहरण दिए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘माननीय सदस्यहरूलाई हेक्का रहोस्, यो अहिले आएर भएको सम्झौता होइन । २००३ देखिको निरन्तरता हो । अहिलेसम्मका सबै सरकार यसमा संलग्न छन् ।यो सम्झौतालाई लिएर धेरै तनाव लिनुपर्ने स्थिति छैन । सबै निर्णय नेपाल सरकारले नै गर्ने हो ।’

    प्रधानमन्त्री प्रचण्डले भारत मात्र नभएर अन्य देशहरूले पनि नेपालमा सिधै खर्च गर्ने गरेको दाबी समेत गरे। उनले अमेरिका, चीन, बेलायत, अष्ट्रेलिया, जापान लगायत देशहरूले विभिन्न तवरबाट नेपालमा खर्च गरिरहेको उल्लेख गरे।

    भारतसँगको सम्झौतामा एकपक्षीयरुपमा आयोजना र कार्यान्वयनको सुविधा नदिइएको भन्दै प्रचण्डले बरु अरू देशले यस्तो सुविधा उपभोग गरिरहेको पनि दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार