Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बम्जनको घरबाट करोडौं रुपैयाँ बरामद, अहिलेसम्म ३ करोड ३० लाख गनियो !

    बम्जनको घरबाट करोडौं रुपैयाँ बरामद, अहिलेसम्म ३ करोड ३० लाख गनियो !

    अझै विदेशी पैसा गन्न बाँकी

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 6.5K
    SHARES

    काठमाडौं । मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट करोडौं नेपाली रूपैयाँ फेला पारेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार बरामद भएको अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ गनेर सकिएको हो । अझै विदेशी पैसा गन्न बाँकी रहेको छ । बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा मंगलबार साँझ सिआइबीको टोली छापा हानेको थियो ।



    साथै उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद गरिएको सिआइबीले जनाएको छ । पक्राउ परेका बम्जनलाई महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा राखिएको छ । उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ।



    आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो । बम्जनलाई आज पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार