Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतसँग भएका सम्झौताबारे जानकारी गराउन कानुन समितिको बैठकमा जाँदै प्रधानमन्त्री

    भारतसँग भएका सम्झौताबारे जानकारी गराउन कानुन समितिको बैठकमा जाँदै प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 555
    SHARES

    काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।

    बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने छ । बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।



    गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ ।



    यस्तै आजै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार