Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सिआईबीले पक्राउ गर्दा यस्तो अवस्थामा भेटिए बम्जन

    सिआईबीले पक्राउ गर्दा यस्तो अवस्थामा भेटिए बम्जन

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 10.1K
    SHARES

    काठमाडौं । पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध) लाई प्रहरीले मंगलबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गर्‍यो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले १८ दिनको रेकी पछि उनलाई बुढानीलकण्ठबाट समात्यो ।

    उनी प्रहरीको टोली घर पुग्दा दुई तलाबाट हामफालेर भाग्न खोजे तर उनी भाग्न लागेपछि प्रहरीले बाहिरै पक्राउ गरेको थियो । पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो ।



    त्यसपछि डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य फेला पारेको थियो । उनको निगरानीका लागि २५ जना प्रहरी परिचालन गरिएको सीआईबीले जनाएको छ ।



    उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएको बताइएको छ । उनलाई पक्राउ गर्न खोज्दा श्रीमतीले प्रहरीलाई रोक्न खोजेकी थिइन् । यस्तै उनको घर खानतलासी गरिएको छ ।

    पक्राउ परेका बम्जनलाई भने महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा ल्याइएको छ। उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ।

    आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो । बम्जनलाई भोलि पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार