Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 648
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनका दलहरुको बैठक बोलाएका छन्।

    राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।



    गठबन्धनका दलहरुबीच अन्तर पार्टी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक डाकिएको हो ।



    बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन भइसकेको छ ।

    गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार