Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाबारे जानकारी दिनेले लाइभ कार्यक्रममै नाक कोट्याएपछि

    कोरोनाबारे जानकारी दिनेले लाइभ कार्यक्रममै नाक कोट्याएपछि

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । देशभरको कोरोनाभाइरस संक्रमणको अवस्थाबारे स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले दैनिक रुपमा लाइभ अपडेट गराउँदै आएका छन् ।

    हरेक दिन अपरान्ह सवा चार बजे मन्त्रालयका प्रवक्ता गौतमले  कोरोनाको संक्रमणको अवस्थाबारे जानकारी दिने गरेका छन् ।



    नियमित हुने प्रेस ब्रिफिङमा उनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नियमित साबुन पानीले हात धुने, अनुहारमा हात नलैजानेलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्न आग्रह गर्ने गरेका छन् ।



    तर, मंगलबार उनी आफैंले लाइभ कार्यक्रममै नाक कोट्याएको दृश्यले उनी आलोचित बनेका छन् ।।

    उनले  मंगलबार प्रेस ब्रिफिङको लाइभ कार्यक्रममै नाक कोट्याएका हुन् । जसको आलोचना भइरहेको छ ।

    मंगलबारको प्रेस ब्रिफिङ कार्यक्रममा अपडेट गराउनु अघि केहीबेर मौन बसिरहेका उनले नाक कोट्याउन पुगेका हुन् । प्राविधिक तयारी गरिरहेको जस्तो देखिँदा मौन बसिरहेका उनले नाक कोट्याएका थिए ।

    जुन असोभनिय देखिएको छ । सामाजिक सन्जालमा उनी मजाकको पात्र बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार