काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार बिहान काटेको हो ।
उद्योगको नाममा मंसिरसम्मको ठूलो रकम बक्यौता छ ।
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ ।
Leave a Reply