Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • तीन क्विन्टल गाँजासहित सुनसरीबाट दुई जना पक्राउ

    तीन क्विन्टल गाँजासहित सुनसरीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 657
    SHARES

    सुनसरी । प्रहरीले तीन क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

    भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई सुनसरीको कोशी गाउँपालिका-६ कोशी कटानबाट प्रहरीले नियन्त्रणमा लिएको हो।



    पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन्।



    को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा गाँजा बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

    ८ वटा बोरामा राखिएको गाँजाका साना पोकाहरूमा पनि बरामद भएको छ।

    ट्याक्टरमाथि बालुवा र तल गाँजा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार