Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बंगलादेशमा आज आम निर्वाचन, विपक्षीदलको बहिष्कार

    बंगलादेशमा आज आम निर्वाचन, विपक्षीदलको बहिष्कार

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 705
    SHARES

    एजेन्सी । बङ्लादेशमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्नेछ ।

    आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धामा छन् ।



    ४२ हजारभन्दा धेरै मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । सेना, प्रहरी, नौसेना र वायुसेनाका अधिकारी सुरक्षाका लागि खटिएका छन् ।



    प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ ।

    अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिष्कार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार