एजेन्सी । भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराएका हुन् ।
उनले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताए ।
चार महिनाअघि अर्थात् गएको सेप्टेम्बर २ मा प्रक्षेपण गरिएको आदित्य–एल वान् पृथ्वीबाट झण्डै १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गरेको भारतीय अन्तरिक्षले जनाएको छ ।
Leave a Reply