काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाली टोली दक्षिण अफ्रिका पुगेको छ ।
शुक्रबार काठमाडौंबाट गएको नेपाली युवा टोली शनिबार दक्षिण अफ्रिका पुगेको हो। यू-१९ विश्वकप क्रिकेट जनवरी १९ (माघ ५ गते) देखि सुरु हुँदैछ ।
त्यसअघि नेपाल यू-१९ टिमले दक्षिण अफ्रिकामा तयारी गर्नेछ । नेपालले जोहानेसबर्गमा एक साता बिताउनेछ । त्यसक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई प्रशिक्षण म्याच खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यू-१९ विश्वकप अघि नेपालले आईसीसीको कार्यक्रम अनुसार दुई वार्म अप म्याच खेल्नेछ । नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका छ ।जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू-१९ विश्वकपमा नेपाल समूह डी मा छ ।
नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्याण्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका छ ।
Leave a Reply