Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

    प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 873
    SHARES

    काठमाडौं । सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको छ।

    सरकारको विरोधमा सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो ।



    प्रचण्ड सरकारले राज्य आतंक सिर्जना गरेको नेविसंघको आरोप छ ।



    कांग्रेसकै समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारको विरोधमा नेविसंघ सडकमा उत्रिएको छ ।

    प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसका ९ जना मन्त्री छन् ।

    ‘राज्य आतंकविरुद्ध नेविसंघको मार्चपास’ लेखिएको ब्यानरमा ‘युवालाई गोली होइन, रोजगार दे’ भन्ने नारा समेत उल्लेख छ ।

    प्रदर्शनकारीले सुन काण्डका नाइके कहाँ छन् ? खुला वैदेशिक हस्तक्षेप बन्द गर, स्टप करप्सन लगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार