काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपस्थित भएका छन् ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफलका लागि प्रधानमन्त्री प्रचण्ड समितिको बैठकमा सहभागी भएका हुन् ।
बैठक सिंहदरबार स्थित कृषि समितिको हलमा जारी छ ।
समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने छ ।
Leave a Reply