काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यु-१९ विश्वकपको लागि नेपाली टोली घोषणा गरेको छ ।
क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यसअघि यु-१९ एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन् ।
टिममा कप्तान खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेश कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक दोहरा, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।
अफ्रिकामा हुने प्रतियोगितामा नेपाल समूह डीमा रहेको छ ।
Leave a Reply