काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले होटेल द्वारिकाजमा एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकका लागि जयशंकर बिहीवार काठमाडौं आएका थिए ।
काठमाडौं ओर्लेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेपछि आयोगको बैठकमा भारतको प्रतिनिधित्व गरेका थिए ।
उनी सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
Leave a Reply