काठमाडौं । नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगक बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ ।
भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।
जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन्।
बैठकमा १३२ केभीका तीन वटा अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए। जसमा रसुवा-परवानीपुर, कतैया-कुशवा र नौतनावा र मैनवा रहेका छन्।
त्यस्तै बैठकमा भारतले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न एक हजार करोड सहयोगको घोषणा गरेको छ।
Leave a Reply