Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विश्व स्वास्थ्य संगठनले लेबनानमा स्वास्थ्य सामग्री पठायो

    विश्व स्वास्थ्य संगठनले लेबनानमा स्वास्थ्य सामग्री पठायो

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.2K
    SHARES

    एजेन्सी। विश्व स्वास्थ्य संगठनले बेरुतमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । पछिल्ला केही दिनमा लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ ।

    लेबनानको राजधानी बेरुतमा गत मंगलबार भएको शक्तिशाली विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको र सो कार्य वर्तमान सरकारको असक्षमताका कारण हुन पुगेको भन्दै लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका छन् ।



    उनीहरुले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका छन् । उनीहरुले लगातार दोस्रो दिनसम्म सोमबार पनि विरोध प्रदर्शन गरेका थिए । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए ।



    लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको छ भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानम गेब्रियोसले जनाएअनुसार दुबइमा रहेको विश्व स्वास्थ्य संगठनको भण्डारणबाट लेबनानमा सामग्री पठाइएको छ ।

    विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।

    उनले करिब १७ लाख अमेरिकी डलर बराबरका औषधी अन्य सामग्रीहरु पठाइएको जानकारी दिए । उनले अहिले लेबनानमा अप्ठेरो अवस्था आएकोले यस्तो बेलामा नागरिकको स्वास्थ्य जोखिममा नपरोस् भनेर उक्त सहायता पठाइएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार