काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार दिउँसो परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु भएको हो।
बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन्।
तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नै काठमाडौं आएका छन् ।
नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न सन् १९८७ मा संयुक्त आयोग गठन गरिएको थियो ।
Leave a Reply