Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • देशको राजनीति स्थायित्वतर्फ अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

    देशको राजनीति स्थायित्वतर्फ अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति स्थायित्वतर्फ अगाडि बढेको बताएका हुन् ।

    १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिले संक्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको बताए।



    प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूले गरेको प्रतिवद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’नेपालको राजनीतिले संक्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको छ । राजनीतिक दलहरूले गरेको प्रतिवद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर हामीले प्राप्त गरेका छौँ । त्यसलाई प्रत्यक्ष रूपमा देख्ने अनुभूति गर्ने लक्षित वर्गका आशाले अझै सहारा खोजिरहेको छ ।’

    प्रधानमन्त्री प्रचण्डले इन्जिनियरहरूले पूर्वाधार निर्माणको विषयलाई सधै जनताको जीवनशैलीसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। उनले समाजका लागि ठूलो मान्छे नभइ असल मान्छे चाहिने बताए।

    प्रधानमन्त्री दाहालले द्रूततर विकास निर्माणबाट प्राकृतिक वातावरणमा प्रतिकूल असर परिरहेको भन्दै नेपालको पर्यावरणमा यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार