Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • काेराेनाकाे महामारी: गलत हल्लाले २७ जनाको ज्यान गयाे

    काेराेनाकाे महामारी: गलत हल्लाले २७ जनाको ज्यान गयाे

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भएको कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् ।

    यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ रक्सीको सेवन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर इरानमा गैरकानूनी रुपमा बनाइएको रक्सी पिउँदा मेथानोल विषको असर भएर त्यतिका मानिसहरु मरेका हुन् ।



    इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण विरामी भएका २१८ जनालाई अस्पतालमा भर्ना समेत गरिएको छ ।



    उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा रक्सीको सेवन प्रभावकारी हुने’ हल्लाका कारण रक्सी सेवन गर्दा उक्त घटना भएको हो । इरानमा रक्सीको सेवन निषेध छ । अल्पसंख्यकका रुपमा रहेका केही गैर मुस्लिम समुदायका मानिसहरुलाई मात्रै रक्सी सेवन गर्ने छुट छ ttps://brobible.files.wordpress.com

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार