Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विद्युत ट्रान्सफर्मर चोरी गर्ने भारतीय नागरिक समातिए

    विद्युत ट्रान्सफर्मर चोरी गर्ने भारतीय नागरिक समातिए

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 1.1K
    SHARES

    बारा । बाराबाट विद्युत ट्रान्सफर्मर चोरी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत, मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने वर्ष २२ का जैसिलाल यादव पक्राउ परेका हुन् ।

    विद्युत ट्रान्सफर्मरको सामानसहित उनलाई पचरौता नगरपालिका-५ टियर खोलामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



    नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर गएको मङ्सिर १४ गते राति बारा सिम्रौनगढ नगरपालिका वडा नं. ०३ श्रीनगर बैरियाबाट र २३ गते पचरौता नगरपालिका-५ बेल्दारी स्थितबाट चोरी भएको थियो।



    यादवविरुद्ध चोरी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार