Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रचण्ड आउने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा

    प्रचण्ड आउने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 777
    SHARES

    रामेछाप। रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न जाने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    गाउँपालिकाले प्रधानमन्त्री प्रचण्ड आउने भएपछि पुस १९ गते पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।



    सूचनामा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।



    सूचना सार्वजनिक भएलगत्तै बिदा दिएको विषयलाई लिएर आलोचना हुन थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार