Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • वर्तमान शिक्षा प्रणाली सुधारका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

    वर्तमान शिक्षा प्रणाली सुधारका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 588
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शिक्षा प्रणालीको परिवर्तनका लागि सरकार गम्भीर रहेको बताएका छन्।

    एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा प्रणालीमा सुधारका लागि सरकार लागिपरेको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘शिक्षा प्रणालीमा युगानुकूल परिवर्तनका लागि मेरो नेतृत्वको सरकारले गम्भीररुपमा काम गरिरहेको छ । त्यो प्रयास निरन्तर अगाडि बढ्नेछ।’



    उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालको शिक्षा प्रणालीमा सुधारका अनेक प्रयास भएको बताए । गणतन्त्रपछि प्राविधिक विश्वविद्यालयका साथै प्राविधिक शिक्षालयहरुको स्थापनामा निकै राम्रो प्रगति भएको उनको भनाइ छ।

    प्रधानमन्त्री प्रचण्डले विदेश जाने बाध्यात्मक परिस्थिति एकातिर भएपनि देशभित्र रोजगारीको अवसर पाएका र सामाजिकरुपमा प्रतिष्ठित व्यक्तिहरूमा पनि छिटोभन्दा छिटो सम्पत्ती कमाउने मोहका कारण विदेश जाने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार