एजेन्सी । लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताएका हुन् ।
उनले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । तर आधिकारिक घोषणा भने भएको थिएन ।
उनले राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् ।
Leave a Reply