Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • बालकुमारी घटना : वीरेन्द्र र सुजनको शव ‘स्काई ट्रक’मार्फत सुर्खेत पठाइयो

    बालकुमारी घटना : वीरेन्द्र र सुजनको शव ‘स्काई ट्रक’मार्फत सुर्खेत पठाइयो

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 930
    SHARES

    काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको स्काई ट्रक मा राखेर लगिएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो। गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।



    सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो। दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो। त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पुर्‍याइने छ।



    मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो। सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो।

    सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार