Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण

    पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.3K
    SHARES

    वीरगन्ज । पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहले बताए। संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका छन् ।

    वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । चिकित्सक सिंहका अनुसार सोमबार गरिएको परीक्षण मध्ये १७ जना महिला पनि रहेका छन्। संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षणका लागि आएका ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।



    नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज–१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् ।



    कृषि सामाग्री प्रालिका एक जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् । एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार