Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सुशासन समितिको बैठकमा रविले भने – बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गर्‍यो

    सुशासन समितिको बैठकमा रविले भने – बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 546
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु भन्दा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् ।

    सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले बालकुमार घटना राज्यको अराजकता भएको टिप्पणी गरे ।



    गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्दै रविले भने, ‘साढे २ हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भिरतापूर्वक लिँदैन । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ । त्यो भेटिँदैन । म त्यता जान चाहन्न ।’



    उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको बताए । उनले प्रहरी प्रशासनसँग भीडलाई नियन्त्रण गर्न सक्ने क्षमता भएको बताए।

    तर नेतृत्वको कमीकमजोरीका कारण घटना भएको र त्यस घटनापछि प्रशासनले मन्त्री श्रेष्ठलाई गम्भीरतापूर्वक नलिने उनले बताए। गृहमन्त्री श्रेष्ठ र प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले गोली कतिखेर चलेको भन्ने यकिन नभएको भनेको भन्दै आलोचना गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार