Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • बाँकेको नौवस्ता बालसुधार गृहमा बालबन्दीबीच झडप, प्रहरी र सशस्त्र प्रहरी तैनाथ

    बाँकेको नौवस्ता बालसुधार गृहमा बालबन्दीबीच झडप, प्रहरी र सशस्त्र प्रहरी तैनाथ

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 1.5K
    SHARES

    नेपालगञ्ज । बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा झडप भएको छ । बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप भएको हो ।

    बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको थियो । झडपमा चारजना बालबन्दी घाइते भएका छन् ।



    एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन् । उनीहरूबीच अपरान्ह ४ बजेतिर ढुङ्गा हानाहान भएको बताइएको छ । आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एकजना बालबन्दी घाइते भएका छन् ।

    घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ । अहिले पनि बालबन्दीहरु ढुङ्गा हानाहान गरिरहेका छन्। सुरक्षाकर्मीमाथि उनीहरुले ढुङ्गा हानेका छन्।

    बाल सुधार गृह वरिपरि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। बालबन्दीसँग वार्ताको प्रयास भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार