Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड

    ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 624
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन्।

    काडमाडौंको टुडिखेलमा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको बताए।



    उनले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए।

    नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार