Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्रीको सचिवालयबाट बाहिरिदैँ प्रचण्ड पुत्री गंगा

    प्रधानमन्त्रीको सचिवालयबाट बाहिरिदैँ प्रचण्ड पुत्री गंगा

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 4.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयमा हेरफेर गर्ने तयारी थालेका छन्।

    प्रधानमन्त्री प्रचण्डले सोमबार सचिवालयका महत्त्वपूर्ण पदहरुमा पुरानालाई हटाएर नयाँ ल्याउने तयारी गरेका हुन् ।



    सचिवालयको नेतृत्व गरिरहेकी प्रधानमन्त्री छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाललगायत बाहिरिने स्रोतको दाबी छ । गंगासँग सुरुदेखि जनसम्पर्क र प्रेस अन्तर्गत रहेका केहीलाई पनि परिवर्तन गर्न खोजिएको बताईएको छ ।



    प्रधानमन्त्री प्रचण्डकी छोरी नै सचिवालयको नेतृत्वमा भएका कारण प्रधानमन्त्री प्रचण्डसम्म उनका सल्लाहकार र माओवादीका नेता-कार्यकर्ताहरु पुग्न समस्या परेको चर्को गुनासो छ।

    राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले ‘सल्लाह सुनाउने वातावरण नभएको’ भन्दै राजीनामा दिइसकेका छन्। स्वकीय सचिव गंगाको चर्को आलोचना भइरहेका कारण उनलाई बाहिर राख्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।

    प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष अपेक्षित उपलब्धि नभएको आफैंले बताइसकेका छन्। दोस्रो वर्ष उपलब्धिमुलक बनाउन सचिवालयदेखि मन्त्रीमण्डलसम्म हेरफेर गर्ने संकेत १ वर्ष पुगेको उपलक्ष्यमा दिएको वक्तव्यबाट गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार