Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रास्वपा सभापति रवि लामिछानेले सरकारलाई सोध १० प्रश्न

    रास्वपा सभापति रवि लामिछानेले सरकारलाई सोध १० प्रश्न

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 882
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न गरेका छन् । शनिबार राति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई विभिन्न १० प्रश्न गरेका हुन् ।

    उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डलगायत सरकारको नालायकीपनको उदाहरण भएको भन्दै यसका दोषी उम्काउने को हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।



    ‘हुँदा हुँदा पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने ?’, लमिछानेले प्रश्न गरेका छन्, ‘आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?’



    साथै उनले आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको जानकारी दिए । ‘पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ। रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार