Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • वीरेन्द्रका बुवा टेकबहादुर भन्छन् – हाम्रा माग पूरा नभए लास बुझ्दैनौं, आन्दोलनमा जान्छौं

    वीरेन्द्रका बुवा टेकबहादुर भन्छन् – हाम्रा माग पूरा नभए लास बुझ्दैनौं, आन्दोलनमा जान्छौं

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 9.6K
    SHARES

    कैलाली । प्रहरीको गोली लागेर शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका वीरेन्द्र शाहका बुवा टेक बहादुर शाहले आफ्ना माग पुरा नभएसम्म छोराको शव नबुझ्ने बताएका छन् ।

    शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डसँग आफ्ना माग राखेको बताए ।



    उनले भने ‘जति हाम्रो माग छन् । ती माग पुरा हुन्छन भने हामी सहमतमा छौँ । आफ्नो लास पनि लिन्छौं । यदि उहाँहरुले हाम्रा माग पूरा गरेन भने लास पनि बुझ्दैनौं । हामी आन्दोलनमा जान्छौं । हाम्रो सम्झौता हुँदैन् ।’



    शुक्रबार छोरा मारिएको खबर सुनेपछि बुवा टेक बहादुर लगत्तै धनगढीका लागि हिडेका थिए । शनिबार बिहान धनगढी पुगेका उनी अन्य आफ्न्तसँग विमानमार्फत काठमाडौं पुगेका थिए ।

    शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका उनीसहित आफन्तले प्रधानमन्त्री प्रचण्डसँग विभिन्न माग राखेका छन् । मृतकका आफन्तहरुले प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरे ।

    मृतकका आफन्तहरुले प्रहरीको नेतृत्वमा बनेको समिति नमान्ने, दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्ने र मृतकलाई सहिद घोषणा गर्नु माग गरेको बताइएको छ ।

    यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ ।

    इपीएस परीक्षाका विषयमा शुक्रबार बालकुमारीमा प्रदर्शनका घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं। १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं। ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार