Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • बालकुमारीमा गोली हान्न आदेश दिने डिएसपी लम्सालले कोभिडमा डाक्टरमाथि निर्घात कुटपिट गरेका थिए

    बालकुमारीमा गोली हान्न आदेश दिने डिएसपी लम्सालले कोभिडमा डाक्टरमाथि निर्घात कुटपिट गरेका थिए

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 26.3K
    SHARES

    काठमाडौं। शुक्रबार बालकुमारीमा प्रदर्शनकारीमाथि गोली प्रहारको घटनामा जिल्ला प्रहरी परिसर, ललितपुरका डिएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ सई बोधराज दनुवार निलम्बनमा परेका छन् ।

    सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह तथा ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।



    सरकारले उक्त घटनामा प्रहरीको कमाण्ड गरिरहेका डिएसपी लम्सालका साथै  मन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई  निलम्बन गर्ने निर्णय गरेको हो ।



    डिएसपी लम्सालले अवस्था नियन्त्रणमै रहँदा गोली चलाउन आदेश दिएका थिए ।

    दुईजना युवाको ज्यान जानेगरी शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा प्रहरीतर्फको कमाण्ड डिएसपी उमेश लम्सालले गरेका थिए । उनकै कमाण्डमा रहेको १२५ जनाको प्रहरीको धरपकडमा परी दैलेख र अछामका दुई युवाले ज्यान गुमाउनु परेको छ ।

    डिएसपी लम्साल यसअघि महाराजगञ्जमा रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए ।

    अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरुप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए ।

    डिएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार