Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अवैध उत्खननमा सघाएको आरोपमा वडाध्यक्ष पक्राउ

    अवैध उत्खननमा सघाएको आरोपमा वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 1.7K
    SHARES

    सिरहा । अवैध उत्खननका लागि सिफारिस दिएको भन्दै सिरहाको कर्जन्हा नगरपालिका-१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेललाई डिभिजन वन कार्याल्यले नियन्त्रणमा लिएको छ ।

    कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन गर्न ठेकेदारलाई गैर कानुनी रूपमा सिफारिस दिएको अभियोगमा वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको हो ।



    कर्जान्हा नगरपालिका-१ बल्टियास्थित चुरे वन क्षेत्र भित्रको कमला खोलाको बगरबाट गत पुस ७ गते एस्काभेटर प्रयोग गरी अवैध रुपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरिएको थियो ।



    ठेकेदारलाई वन क्षेत्रभित्रबाट उत्खनन गर्ने गराउने गरी गैर कानुनी रूपमा सिफारिस दिएको प्रमाण फेला परेपछि डिभिजन वन कार्यालय लहानले वडाध्यक्ष पोखरेललाई पनि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार