Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • बालकुमारी घटनाबारे सुरक्षा निकायसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छिटो छानबिन गर्न निर्देशन

    बालकुमारी घटनाबारे सुरक्षा निकायसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छिटो छानबिन गर्न निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 735
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

    शनिबार बिहान उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन् । ​



    ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।



    ब्रिफिङमा उनीहरूले घटनाबारे जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको बताएका थिए ।

    प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी अछामको चौरपाटी गाउँपालिका १ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र भागदौडका क्रममा दैलेखको महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार