Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सातै प्रदेशका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

    सातै प्रदेशका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 579
    SHARES

    काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भएका छन् ।

    उनीहरु बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेटेर आफ्ना मागहरू राख्न लागेका हुन् ।



    शुक्रबार हेटौंडामा सम्पन्न ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ ले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।



    केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका थिए ।

    बिहीबारबाट शुरू भएको भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार