Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बोल्न नसक्ने युवतीलाई सामूहिक करणी गरेको आरोपमा तीनजना पक्राउ

    बोल्न नसक्ने युवतीलाई सामूहिक करणी गरेको आरोपमा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 1.6K
    SHARES

    सर्लाही । सर्लाहीको बागमतीमा एक युवतीलाई सामूहिक करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    बागमती नगरपालिका-४ सुकुम्बासी बस्तीकी ३१ वर्षीया बोल्न नसक्ने युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।



    इलाका प्रहरी कार्यालय हरिवनका अनुसार बलात्कारमा परेकी युवती अविवाहित हुन् ।



    पक्राउ पर्नेमा सुकुम्बासी बस्तीका ३५ वर्षका हरि भनिने हिराबहादुर भुजेल, सोही ठाउँका ४२ वर्षीय राम भनिने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भनिने धनलाल बराइली छन् ।

    यही पुस १० गते राति करिब ११ बजे उनीहरुले बोल्न नसक्ने ती युवतीलाई रक्सी खुवाएर नजिकैको रहरीबारीमा लगेर सामूहिक करणी गरेका अनुसन्धानको क्रममा खुलेको छ ।

    पीडित महिलाको प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परीक्षण गरिएको छ। उनको अवस्था सामान्य छ। आरोपी तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार