काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ। दोस्रो संस्करणको एनएसएलले आज नयाँ च्याम्पियन पाउनेछ।
लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने योजनामा छ। यता पहिलो पटक फाइनलमा पुगेको ललितपुर उपाधि होडमा छ ।
एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ।
Leave a Reply