काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार यस्तो आदेश सुनाएको हो ।
यद्यपि सजाय निर्धारण हुन बाँकी रहेकाले अर्को पेसी तोकिएको छ । १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।
सन्दीपले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।
Leave a Reply