काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ क्रिकेटर कुशल मल्ललाई प्रदान गरेको छ ।
खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै मल्ललाई उक्त सम्मान प्रदान गरिएको हो। यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिँदै आएको छ ।
मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलिया विरुद्ध टि२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए।
कुशल मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथी एवम् राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले हस्तान्तरण गरे ।
अवार्डको साथै मल्ललाई रू।१ लाख १ हजार रुपैयाँ रकमको चेक पनि प्रदान गरिएको छ ।
Leave a Reply