Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गिट्टीको अनलाइन बिल देखाएर १७ हजार ७३० किलो प्याज तस्करी

    गिट्टीको अनलाइन बिल देखाएर १७ हजार ७३० किलो प्याज तस्करी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 1.4K
    SHARES

    बारा । बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ ।

    आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो ।



    गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ ।



    भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार